Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालीले २०२४ मा गुगलमा मनोरञ्जनात्मक बिषयमा बढी के खोजे

मंगलबार, पुस १६, २०८१

काठमाडौं - सन् २०२४ मा नेपालीले गुगलमा मनोरञ्जन जगतबारे धेरै के कुरा खोजे ? यसले गुगल सर्च इन्जिनमा नेपालीको रुचि कस्ता फिल्म, संगीत र टिभी श्रृंखलामा छ भन्ने दर्शाउँछ ।

गुगल ट्रेन्डमा नेपाल राखेर ‘कस्टम सर्च’ गर्दा पछिल्लो १२ महिनामा गुगल सर्च इन्जिन र युट्यबमा नेपालीले धेरै के कुरा सर्च गरे भन्ने नतिजा देखाउँछ । यसले नेपाली दर्शकको रुचि कस्ता कन्टेन्टमा छन् भन्ने बुझ्न सजिलो हुन्छ ।

हामी यहाँ सन् २०२४ मा मनोरञ्जन क्षेत्रबारे गुगल प्लाटफर्ममा नेपालीले धेरै के कुरा सर्च गरे भन्नेबारे चर्चा गर्नेछौं । जसअनुसार सन् २०२४ मा नेपालमा सर्वाधिक सर्च गरिएको शब्द छ- बिगबोस सिजन १८ ।’ सलमान खानले होस्ट गर्ने यो हिन्दी रियालिटी शो अहिले चलिरहेको छ र नेपालमा समेत लोकप्रिय छ ।

दोस्रो धेरै खोजी गरिएकोमा ‘एनिमे’ छ । चर्चित जापानी र दक्षिण कोरियाली एनिमे फिल्म र श्रृंखलाको खोजी यस वर्ष नेपालमा भएको देखिन्छ । यसको अर्थ, नेपाली दर्शकको रुचि यी कोरियाली र जापानी फिल्मतर्फ छ ।

यसबाहेक सिंघम अगेन, भुलभुलैया ३, पूर्णबहादुरको सारङ्गी, स्क्विड गेम सिजन २, मिस म्याच्ड ड्रामा सिरिज, पुष्पा २ बक्स अफिस कलेक्सनलाई गुगलमा धेरै सर्च गरिएको छ ।

युट्युबमा धेरै के कुरा खोजिए ?

पछिल्लो १२ महिनामा नेपालीले युट्युबमा धेरै भारतीय सिरिज ‘मेरा बलाम थानेदार’ श्रृंखलाको खोजी गरेको गुगल ट्रेन्ड्समा उल्लेख छ । कुमा सागर, जोन चाम्लिङ राईका गीत, कल्की २८९८ एडी फिल्म, पुष्पा २ को पनि खोजी धेरै गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्