एन्जोलिना जोली र ब्राड पिट अलग, ८ बर्षपछि अन्त्य भयो सम्बन्ध
काठमाडौ - आठ वर्ष लामो कानुनी लडाइँपछि अन्नतः हलिउड स्टार ब्राड पिट र एन्जेलिना जोलीको सम्बन्धविच्छेद भएको छ।
मनोरञ्जन उद्योगको सबैभन्दा हाइप्रोफाइल यो जोडी ‘ब्रान्जेलिना’ नामले प्रख्यात थियो। सन् २०१४ मा वैवाहिक सम्बन्धमा जोडिएका उनीहरूका ६ सन्तान छन्।
मिलाउन नसकिने मतभेद रहेको भन्दै जोलीले सन् २०१६ मा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेकी थिइन्। सो वर्ष प्राइभेट जेटमा यात्रा गर्ने क्रममा पिटले आफू र दुई सन्तानलाई दुर्व्यवहार गरेको अदालती प्रक्रिका क्रममा जोलीले आरोप लगाएकी थिइन्।
जोलीका वकिलले सम्बन्धविच्छेदको सम्झौता भएको भने पनि ‘फ्रेन्च भिनेयार्ड’को अर्को मुद्दा समाप्त भए/नभएको भन्ने स्पष्ट छैन । सन् २००८ मा संयुक्त रूपमा किनेको सो अंगुर बगैँचा आफूलाई जानकारी नदिई जोलीले बेचेको पिटको आरोप छ। बिबिसीबाट
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१ १५:२१
प्रतिक्रिया दिनुहोस्