Nic Ad Nic Ad
Nic Ad Nic Ad

सन् २०२४ मा नेपालीले गुगल र युटुबमा के कुरा खोजे ?

मंगलबार, पुस १६, २०८१

काठमाडौँ- सन् २०२४ मा नेपालीले गुगल र युटुबमा के कुरा खोजे ? यसले गुगल सर्च इन्जिनमा नेपालीको रुचि कस्ता बिषयमा छ भन्ने दर्शाउँछ ।

गुगल ट्रेन्डमा नेपाल राखेर ‘कस्टम सर्च’ गर्दा पछिल्लो १२ महिनामा गुगल सर्च इन्जिन र युट्यबमा नेपालीले धेरै के कुरा सर्च गरे भन्ने नतिजा देखाउँछ । यसले नेपाली दर्शकको रुचि बारे बुझ्न सजिलो हुन्छ ।

सुरुमा नेपालीले सन् २०२४ मा मनोरञ्जन क्षेत्रबारे गुगल प्लाटफर्ममा धेरै के कुरा सर्च गरे भन्नेबारे चर्चा गरौँ । जसअनुसार सन् २०२४ मा नेपालमा सर्वाधिक सर्च गरिएको शब्द छ- बिगबोस सिजन १८ ।’ सलमान खानले होस्ट गर्ने यो हिन्दी रियालिटी शो अहिले चलिरहेको छ र नेपालमा समेत लोकप्रिय छ ।

दोस्रो धेरै खोजी गरिएकोमा ‘एनिमे’ छ । चर्चित जापानी र दक्षिण कोरियाली एनिमे फिल्म र श्रृंखलाको खोजी यस वर्ष नेपालमा भएको देखिन्छ । यसको अर्थ, नेपाली दर्शकको रुचि यी कोरियाली र जापानी फिल्मतर्फ छ ।

यसबाहेक सिंघम अगेन, भुलभुलैया ३, पूर्णबहादुरको सारङ्गी, स्क्विड गेम सिजन २, मिस म्याच्ड ड्रामा सिरिज, पुष्पा २ बक्स अफिस कलेक्सनलाई गुगलमा धेरै सर्च गरिएको छ ।

त्यस्तै नेपालीले सन् २०२४ मा खेलकुद क्षेत्रबारे गुगल प्लाटफर्ममा धेरै के कुरा सर्च गरे भन्नेबारे चर्चा गरौँ । जसअनुसार सन् २०२४ मा नेपालमा सर्वाधिक सर्च गरिएको शब्द छ( २०२४ इन्डियन प्रिमियर लिग।ु भारतमा हुने यो क्रिकेट लिगमा नेपालीको ठुलो रुचि रहेको छ। कति नेपालीहरु त् यो लिग हेर्न भारतसम्म पुग्ने गरेको छन्। 

दोस्रो धेरै खोजी गरिएकोमा ‘नेपाल प्रिमियर लिग’ रहेको छ । नेपाल प्रिमियर लिग नेपालमा भखरै सम्पन्न भएको छ जसको उपाधि जनकपुर बोल्ट्सले जितेको छ। शिखर धावन, मार्टिन गप्टिल, जिमी निशम जस्ता चर्चित बिदेशी खेलाडी भित्रियाएर र स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रसारण गरेर नेपाल प्रिमियर लिगले पहिलो सिजनमै ठुलो सफलता हात परेको छ।  

यस बाएक खेलकुद क्षेत्रमा प्यारालम्पिक ग्याम्स, ज्याक पल भर्सेस माइक टाइसन, ओलम्पिक ग्याम्स २०२४, २०२४ बालोन डीुओर गुगलमा धेरै सर्च गरिएको छ ।

त्यस्तै नेपालीले सन् २०२४ मा कम्प्युटर र इलेक्ट्रोनिक्सबारे गुगल प्लाटफर्ममा सबै भन्दा धेरै लेनेभो कम्पनिलाई सर्च गरेका छन् त्यस्तै यस छेत्रको दोश्रो धेरै सर्च भएको बिषय छ सामाजिक सुरक्षा कोष।  

त्यसरी नै नेपालीले ुइन्टरनेट र टेलिकमु क्यटेगोरिमा सबै भन्दा धेरै सर्च गरेको शब्द छ ( व्हाट्सएप वेब। दोस्रो धेरै खोजी गरिएकोमा ‘आइफोन १६ प्रो ’ छ । यसबाहेक आइफोन १६ प्रो म्याक्स, आइफोन १६, आइफोन १३ प्रो म्याक्स धेरै सर्च गरिएको छ । 

त्यस्तै ट्राभल क्यटेगोरिमा सबै भन्दा धेरै सर्च भएको शब्द छ( फ्लाइट। यस बाएक ट्राभल क्यटेगोरिमा होटेल, नेपाल, काठमाडौँ , बुद्ध एयर, दुवई रहेको छ। 


युट्युबमा धेरै के कुरा खोजिए ?

पछिल्लो १२ महिनामा नेपालीले युट्युबमा मनोरञ्जन क्षेत्रमा धेरै भारतीय सिरिज ‘मेरा बलाम थानेदार’ श्रृंखलाको खोजी गरेको गुगल ट्रेन्ड्समा उल्लेख छ । कुमा सागर, जोन चाम्लिङ राईका गीत, कल्की २८९८ एडी फिल्म, पुष्पा २ को पनि खोजी धेरै गरिएको छ ।

त्यस्तै नेपालीले सन् २०२४ मा खेलकुद क्षेत्रमा युटुबमा सर्वाधिक सर्च गरिएको शब्द छ- यु आर क्रिस्टियानो। क्रिस्टियानो रोनाल्डोले आफ्नो आधिकारिक युट्युब च्यानल ूयु आर क्रिस्टियानोू मा भिडियो हाल्न सुरु गरेपछि यसले नेपालमा निकै ठुलो चर्चा पाएको थियो ।
यो च्यानलमा विभिन्न प्रकारका सामग्रीहरू उपलब्ध छन्, जस्तै उनको जीवनको पर्दा पछाडिको कुराहरु, व्यक्तिगत च्यालेन्जहरू, र प्रसिद्ध व्यक्तिहरूसँगको सहकार्य। च्यानलले सुरू भएको केही समयमै कीर्तिमान बनाउँदै १ मिलियन र १० मिलियन सब्स्क्राइबर प्राप्त गर्ने सबैभन्दा छिटो च्यानल बनेको थियो।

हालसम्म, यु आर क्रिस्टियानो च्यानलमा ७२ मिलियनभन्दा बढी सब्सक्राइबर छन्, जसले यसलाई युट्युबमा सबैभन्दा धेरै फलो गरिने खेल सम्बन्धी च्यानलहरू मध्ये एक बनाएको छ।

रोनाल्डोले यो प्लेटफर्ममार्फत आफ्नो व्यावसायिक यात्रा, व्यक्तिगत जीवन, र विभिन्न रुचिहरूको भिडियो प्रस्तुत गर्दै फ्यानहरूलाई फुटबलको मैदान बाहिरको जीवनको नजिक पुर्‍याउँछन्।  दोस्रो धेरै खोजी गरिएकोमा ‘नेपाल प्रिमियर लिग’ रहेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १६:१०
प्रतिक्रिया दिनुहोस्