Nic Ad Nic Ad
Nic Ad Nic Ad

मकवानपुरमा मान्छे खाने बाघ नियन्त्रणमा

मंगलबार, पुस १६, २०८१

मकवानपुर - मकवानपुरको मनहरीमा मान्छे खाने बाघ नियन्त्रणमा लिइएको छ । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा घाँस काट्न गएकी महिलाको ज्यान लिने बाघलाई आज साँझ डार्ट गरेर नियन्त्रणमा लिइएको हो ।

चार वटा हात्ती र चितवन र पर्सा राष्ट्रिय निकुञ्चको टोलीले बाघलाई डार्ट गरेर नियन्त्रणमा लिएको हो । मनहरी–५ बसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट ७२ वर्षीय कान्छीमाया रुम्बा आइतबार राति करिब १० बजे घर नजिकैको बारीमा भेटिएकी थिइन् । बाघले सोमबार बिहान बसन्तपुरका सुर्यबहादुर मोक्तानको खोरमा पसेर ७ वटा बाख्रा मारेको थियो । दुई वटा घटनापछि बसन्तपुरबासी त्रसित बनेका थिए ।

मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार १५ पुस सोमबार दिउस २ बजेबाट बाघको खोजीका लागि निकुञ्ज शुरक्षार्थ मनहरी गाउँपालिका–३ लामिटार वेशबाट खटिएको नेपाली सेनाको ४ वटा हात्ती सहितको टोली, चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको बाघ नियन्त्रण प्राविधिक टोली ४ जना र पर्सा राष्ट्रिय निकुञ्जको टोलीले बाघलाई नियन्त्रणमा लिन सफल भएको हो ।

बाघ घटना भएको क्षेत्रमै रहेको पाइएको छ । बाघलाई खोजी गर्ने क्रममा आज साँझ ७ बजेको समयमा मनहरी–५ बसन्तपुरस्थित सुकौरा खोलामा एम्बुस थापेर बन्दुकबाट लट्याउने सुई लगाई (डार्ट प्रविधि)द्व ारा नियन्त्रणमा लिइएको डिएसपी अर्यालले जानकारी दिए । बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज लगिएको छ ।

चार महिनाअघि मात्रै मनहरी–६ प्रतापुरमा भैंसीले बाघ मारेको थियो । गत ५ भदौमा मनहरी–६ प्रतापुरका बलबहादुर राईको गोठमा बाँधेको भैंसीलाई आक्रमण गर्ने क्रममा उल्टै भैंसीले प्रतिकार गर्दा बाघ मरेको प्रहरीको घटना मुचुल्का र चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीको रिपोर्टले दाबी गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  २१:२२
प्रतिक्रिया दिनुहोस्