बसको ठक्करबाट सशस्त्रका इन्स्पेक्टरको मृत्यु
काठमाडौ- सर्लाहीमा गाडीले ठक्कर दिँदा एकजना सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ ।
यात्रुबहाक बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख उपनिरीक्षक रबिन्द्र बहादुर सिंहले प्रशासनलाई जानकारी दिए ।
गए राति ९ बजे बलरा नगरपालिका-९ स्थित बीओपी छतौनाबाट काठमाडौँतर्फ आउँदै गरेको बा ०१-००६ ख २००४ नम्बरको राजदेवी बस अनियन्त्रित भई पल्टिएर इन्सपेक्टर तुलाधरमाको मृत्यु भएको हो ।
बसले किचेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकले राति पौने १० बजे मृत घोषणा गरेका थिए ।
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१ ०८:४८
प्रतिक्रिया दिनुहोस्