तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं -संघीय संसद्अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ः१५ मा बस्दैछ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पदाधिकारिहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा समितिले मिति २०८१/०५/११ गते मन्त्रालयलाई दिएको निर्देशनको कार्यान्वयन अवस्था बारे छलफल हुनेछ ।
यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठक पनि आज बस्दैछ । बैठकमा भूमिमा रहेको अव्यवस्थित बसोबासका सम्बन्धमा छलफल हुने कार्यसूची छ ।
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१ १०:४८
प्रतिक्रिया दिनुहोस्