Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रतिनिधि सभाका सचिव राईले लिए पद तथा गोपनीयताको शपथ

बुधबार, पुस १७, २०८१

काठमाडौँ- संघीय संसद् प्रतिनिधि सभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

उनले आज सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । 

संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक कक्षमा आयोजित शपथ ग्रहण कार्यक्रममा उपसभामुख इन्दिरा राना, संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, सत्तारुढ तथा प्रतिपक्ष दलका प्रमुख र मुख्य सचेतक, सांसद, संसद् सेवाका कर्मचारीलगायतको उपस्थिति थियो ।

सभामुखको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार झापाको शिवसताक्षी नगरपालिका-२ निवासी राईलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गरेका थिए ।

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्