ओलीले निरंकुश ढंगले सदस्यता नै खाएपछि नयाँ विकल्पमा हिँड्न बाध्य भएँ : भीम रावल
काठमाडौँ- नेकपा एमालेबाट निष्कासित भएका नेता भीम रावलले एमालेका अध्यक्ष केपी शर्मा ओली आफैँले प्रतिगामी भनेकाहरुसँगको साँठगाँठमा रहेको आरोप लगाएका छन् ।
आगामी यात्राबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ओलीको निर्णयविरुद्ध प्रश्न उठाउने र देशभक्तहरूलाई निरंकुश शैलीमा हटाउन थालेको बताए ।
उनले भने, ‘निरंकुश र अन्यायपूर्ण ढंगले सदस्यता नै खाएपछि पार्टीको कर्मठ सदस्यको रूपमा जीवन पर्यन्त रहिरहने मेरो अवस्था रहेन । त्यसैले आज देश र जनताको हितको लागि नयाँ विकल्पमा हिँड्न बाध्य भएँ ।’
उनले सत्ता र पद हत्याउने होडको कारणले ठूला दलहरू सिद्धान्तहीन, गन्तव्यहीन बाटोमा लागेको टिप्पणी पनि गरे ।
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१ १४:०३
प्रतिक्रिया दिनुहोस्