Nic Ad Nic Ad
Nic Ad Nic Ad

मप्रतिको कारबाही केपी ओली गुटको पूर्वाग्रह हो : भीम रावल

बुधबार, पुस १७, २०८१

काठमाडौं- नेता डा. भीम रावलले आफूलाई नेकपा एमालेबाट निष्कासित गर्नु केपी ओली गुटको पूर्वाग्रह भएको बताएका छन् ।

बुधबार बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘पार्टीमा भइरहेका गलत प्रवृतिमा केपी ओलीको आलोचना गरिरहेँ । जनताको लागि विकल्प बाटोमा हिँड्न बाध्य भएँ ।’

उनले थप भने, ‘एमालेले मलाई सोधेको स्पष्टीकरण होइन दोषपत्र हो । पत्रमा मलाई केही पनि सम्बोधन गरिएको थिएन । यो कारबाही केपी शर्मा ओली गुटको पूर्वाग्रह हो ।’

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १४:११
प्रतिक्रिया दिनुहोस्