Nic Ad Nic Ad
Nic Ad Nic Ad

अडिट समयावधिभर बिदा नबस्न कर्मचारीलाई निर्देशन

बुधबार, पुस १७, २०८१

काठमाडौँ- अडिट समयावधिभर बिदा नबस्न कर्मचारीलाई निर्देशन दिइएको छ ।

काठमाडौँ महानगरपालिकाले अन्तिम लेखा परीक्षण गर्ने समयअवधी भर बिदामा नबस्न सबै विभागीय प्रमुख, वडा सचिव, लेखा प्रमुख एवम् राजस्व हेर्ने कर्मचारीहरूलाई निर्देशन दिएको हो ।

बुधबार प्रशासन विभाग प्रमुख ध्रुवकुमार काफ्लेले एक सूचना जारी गर्दै महालेखा परीक्षकको कार्यालयले अडिट गर्ने समयावधिमा बिदामा बस्न नसकिने भन्दै यस्तो निर्देशन दिएका हुन् ।

महानगरले जारी गरेको सूचनामा भनिएको छ,’महानगरको आव २०८०र८१ को अन्तिम लेखा परीक्षण गर्ने कार्यको अवधि भर सबै विभागीय प्रमुख र खर्च तथा कार्यक्रममा संलग्न जिम्मेवार कर्मचारीहरू तथा सबै वडा सचिवरलेखा प्रमुख/राजस्व हेर्ने कर्मचारीहरूले आव २०८०/८१को अन्तिम लेखा परीक्षण गर्ने कार्य सम्पन्न नभएसम्मका अवधिमा बिदामा नबस्नु र सम्बन्धित अधिकारीले स्वीकृत नगर्न नगराउनु हुन यस पत्रबाट जानकारी गराइन्छ ।’

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १५:१३
प्रतिक्रिया दिनुहोस्