दशरथ रंगशालामा महिला फुटबल प्रतियोगिता हुँदै, कुन कुन टोली आउँदैछ नेपाल?
काठमाडौं -अखिल नेपाल फुटबल संघ (एन्फा) ले माघ पहिलो साता चार टोली सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
एन्फाका अनुसार माघ ५ गतेदेखि माघ १४ गते (फेब्रुअरी १७ देखि २६) सम्म दशरथ रंगशालामा यो प्रतियोगिता आयोजना हुनेछ।
प्रतियोगितामा सहभागी हुन कीर्गिस्तान, लेबनान र म्यानमार नेपाल आउने एन्फाले जनाएको छ। यी मध्ये फिफा वरीयतामा म्यानमार सबैभन्दा माथिल्लो स्थानको टोली हो।
म्यानमार वरीयताको ५५ औं स्थानमा छ भने नेपाल १०३ औं स्थानमा, कीर्गिस्तान १२८ औं स्थानमा र लेबनान १३४ औं स्थानमा छन्।
नेपालले पछिल्लो पटक अन्तर्राष्ट्रिय खेल कात्तिक महिनामा साफ च्याम्पियनसिपका दौरान खेलेको थियो। दशरथ रंगशालामा सम्पन्न प्रतियोगितामा नेपाल फाइनलमा बंगलादेशसँग २-१ गोलअन्तरले पराजित भएको थियो।
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१ १५:२०
प्रतिक्रिया दिनुहोस्