Nic Ad Nic Ad
Nic Ad Nic Ad

गुठी विधेयक तत्काल ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन

बुधबार, पुस १७, २०८१

काठमाडौँ- संसदीय समितिले तत्काल गुठी विधेयक ल्याउन सरकारलाई निर्देशन दिएको छ । बुधबार राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिले यस्तो निर्देशन दिएको हो ।

बैठकको अन्तिममा समिति सभापति सोनाम गेल्जेन शेर्पाले, समितिको निर्णय सुनाउँदै जति सक्दो चाँडै गुठी विधेयक ल्याउन निर्देशन दिए ।

उनले भने, ‘समस्या छ समाधान गर्न जतिसक्दो छिटो गुठी विधेयक ल्याउन सरकारलाई यो समिति निर्देशन दिन्छ ।’ समिति सभापतिले दिएको निर्देशनसहितको निर्णयलाई समितिले अनुमोदन गरेको छ ।

समितिले बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग गुठी समस्याबारे छलफल गरेको छ । छलफलमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी लगायतका अधिकारी थिए ।

मन्त्री अधिकारीले देशभरका गुठीको जग्गा सरकारले खोजिरहेको बताएका थिए । सांसदले पनि गुठी समस्या समाधानमा के पहल भइरहेको छ भन्दै प्रश्न गरेका थिए ।

जवाफमा मन्त्री अधिकारीले गुठीको संरचना र जग्गा खोजेर आवश्यक नीति तय गर्ने सरकारको योजना रहेको बताएका छन् । उनले दैलेखमा मात्रै ७ हजार रोपनी जग्गा एउटै गुठीअन्तर्गत रहेको र यस्तो देशका विभिन्न क्षेत्रमा रहेको बताए ।

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १६:३३
प्रतिक्रिया दिनुहोस्