यस्ता छन् मन्त्रिपरिषद बैठकका २० निर्णय (सूचीसहित)
काठमाडौं- सरकारले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ । आज (बुधबार) सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै पुस १६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
बुधबार सिंहदरबारमा पुस १६ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले प्रत्येक वर्ष माघ १४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभर सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउने निर्णय गरेको जानकारी दिए ।
बैठकले महान्यायाधीवक्ता कार्यलय र अन्तर्गतको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गरेको छ भने प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालनसम्बन्धी पहिलो संशोधन कार्यविधि स्वीकृत गरेको छ ।
बैठकले पाँचखाल विशेष आर्थिक क्षेत्रलाई सरकारले उपलब्ध गराएको जग्गामा निजी क्षेत्रबाट पूर्वाधार विकास गरेर सार्वजनिक निजी साझेदारी मोडलमा विकास तथा सञ्चलन गर्न स्वीकृति दिएको छ। त्यस्तै आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रशासन गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।
त्यस्तै प्रहरी अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरिक्षक टेक बहादुर तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ भने राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा ध्रुव आचार्यलाई नियुक्त गर्ने निर्णय गरिएको प्रवक्ता गुरुङले बताए ।
त्यस्तै मन्त्रिपरिषद्ले खानेपानी तथा सरसफाइ नियमावली, उर्जा विकास मार्गचित्र स्वीकृत गरेको छ भने निकारी पैठारीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ । ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन लक्ष्य लिइएको मार्गचित्र स्वीकृत भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा मंगलबार (हिजो) बसेको मन्त्रिपरिषद् बैठकले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादनको कार्ययोजना स्वीकृत गरेको हो । उक्त प्रस्ताव पास भएसँगै अब ठूला र नयाँ आयोजनामा लगानीका लागि सबै प्रकारका मोडल समेत खुला भएको छ ।
हेर्नुस् मन्त्रिपरिषदका २० निर्णयहरु