एमालेले बोलायो सचिवालय बैठक
काठमाडौं- नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
मुख्यालय च्यासलमा भोलि बिहीबार दिउँसाे साढे १२ बजे सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए ।
‘केन्द्रीय समितिको बैठक बोलाइएको छ । त्यो बैठकको एजेन्डा, राष्ट्रिय राजनीति लगायतबारे नै छलफल होला,’ उनले भने ।
एमालेले आगामी २१ र २२ पुसमा केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१ २१:४२
प्रतिक्रिया दिनुहोस्