Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन

बिहीबार, पुस १८, २०८१

काठमाडौं- नेपालको पहिलो महिला राजदूत विन्देश्वरी मल्ल शाहको निधन भएको छ ।

पूर्व परराष्ट्र सचिव मदन भट्टराईका अनुसार, उनको काठमाडौं कालीमाटीस्थित आफ्नै निवासमा निधन भएको हो ।

उनी सन् १९५६ को मे महिनामा भारतका लागि नेपालको राजदूत नियुक्त भएकी थिइन् । उनको नियुक्ति अघि कुनै पनि महिला राजदूत पदमा पुगेका थिएनन् । शाहको नियुक्तिलाई नेपालको कूटनीतिक इतिहासमा एक महत्वपूर्ण कोसेढुङ्गाका रूपमा लिइन्छ ।

देशको वैदेशिक सेवामा महिला नेतृत्वको लागि उदाहरण स्थापित गर्दै उनले आफ्नो कार्यकालमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन योगदान पुर्‍याइन् । शाह परराष्ट्र मन्त्रालयमा पहिलो महिला सहसचिव पनि हुन् । एक कूटनीतिज्ञको रूपमा, उनले ढाका (बंगलादेश) र वाशिंगटन डीसीमा पनि काम गरेकी थिइन् । १३ फेब्रुअरी, १९३३ मा जन्मिएकी उनी सेलिब्रेटी बैंकर अनिल केशरी शाहकी आमा हुन् ।

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १२:३०
प्रतिक्रिया दिनुहोस्