Nic Ad Nic Ad
Nic Ad Nic Ad

शेरा दरबार प्रकरणमा एमालेले गृहमन्त्रीको जवाफ माग्दा प्रचण्डले यस्तो भने?

बिहीबार, पुस १८, २०८१

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेरा दरबारको जग्गा कानुन विपरीत हेरफेर गरिएको भए, फिर्ता ल्याउन सरकारलाई चुनौती दिएका छन्।

संसदको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले भने, “शेरा दरबारको जग्गाबारे कानुन विपरीत काम भएको छ भने फिर्ता ल्याइयोस्, म सरकारलाई धन्यवाद दिन्छु।”

बैठकमा एमाले सांसद बासुदेव घिमिरेले शेरा दरबारको जग्गाबारे स्पष्ट पार्न गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेका थिए। “शेरा दरबारबारे भएको के हो? गृहमन्त्रीले यो विषयमा स्पष्ट गर्नुपर्छ,” घिमिरेले भने।

गृहमन्त्री रमेश लेखकले बैठकमा जवाफ दिने प्रक्रिया अन्तिममा हुने बताएपछि, अध्यक्ष प्रचण्डले एमाले सांसदले उठाएको विषयमा आफ्नो धारणा राखेका हुन्।

 

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्