Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस

बिहीबार, पुस १८, २०८१

काठमाडौँ - काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार दिउँसो १ बजेर ३ मिनेटमा भूकम्पको धक्कका महसुु भएको हो ।

एन्ड्रोइड अर्थक्वेक अलर्ट सिस्टमका अनुसार धादिङको ज्यामिरेबाट दुई किलोमिटर परको भूभागलाई केन्द्रबिन्दु बनाउने ४.८ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको हो ।

केही सातायता नेपालको सुदूरपश्चिमी भूगोलमा लगातार भूकम्प गइरहेको छ । यस्तोमा मध्य नेपालमा पनि भूकम्पको धक्का महसुस भएको हो ।

पछिल्लो पटक यही पुस १६ गते बैतडीलाई केन्द्रबिन्दु बनाउँदै ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो । सुदूरपश्चिमी भूगोलमा लगातार धक्का आइरहँदा भूकम्पविद्ह‍रूले ठूलो भूकम्प जान सक्नेतर्फ सर्वसाधारणलाई सचेत गराइरहेका छन् ।

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १३:१३
प्रतिक्रिया दिनुहोस्