सचिनलाई लागेको रोग के हो ?
काठमाडौं- सामाजिक संजालमा सचिन परियार भाइरल हुदैँ देखि उनि अचानल अस्पताल भर्ना भएका सामाचारहरु आइरहेका हुन्थ्ये ।
सचिनको उपचारका लागि उनका बुवाले सामाजिक संजाल मार्फत लाखौँ लाख रुपैयाँ उठाउँदा पनि उनको उपचार सम्भव नभएर आज उनको मृत्यु भएको छ ।
अस्पताल स्रोतले सचिनको बिहान १० बजे निधन भएको जानकारी दिएको छ । १३ वर्षका सचिन परियारको स्वास्थ्यमा समस्या आएपछि एक साताअघि सचिनलाई अस्पताल भर्ना गरिएको थियो ।
आईसीयूमा राखेर उपचार गरिए पनि उनको स्वास्थ्यमा सुधार आउन सकेन । उनको निधन भएको पारिवारिक स्रोत र अस्पताल स्रोतले बताएको छ ।
यसअघि पनि सचिन परियारको कम्मर तल भागको समस्याका कारण शिक्षण अस्पताल महाराजगंजमा भर्ना गरिएको थियो । तर स्वास्थमा केही सुधार भएपछि उनलाई फेरि डिस्चार्ज गरिएको थियो ।
सचिनलाई समय समयमा कम्मर मुनिको भाग नचलेका कारण उनका बुबाले अस्पताल भर्ना गर्ने गरेका छन् ।
अहिलेसम्म पनि डाक्टरहरुले उनको रोग राम्ररी चिन्न सकेका छैनन् । केही समय अगाडी चिकित्सकले सचिनको रगतमा सोडियमको मात्रा उच्च पाइएको बताएका थिए । जसले गर्दा उनलाई सास फेर्न गाह्रो हुने, राम्ररी बोल्न नसक्ने र हातखुट्टा चलाउन कठिनाइ हुने गर्थ्यो ।
यसका साथै, उनमा पिसाब चुहिने समस्या पनि थियो । उमेरले धेरै भएपनि उनलाई हेर्दा बच्चा जस्तै देखिने गर्थ्यो ।
भाइरल बालगायकका रुपमा परिचित सचिन थुप्रै गीत गाएका छन्, भने अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका छन् ।
हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका उनको ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत गीत चर्चित छन् ।