Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज ६ संसदीय समितिको बैठक बस्दै, कस्तो छ कार्यसूची ?

शुक्रबार, पुस १९, २०८१

काठमाडौँ - आज संघीय संसदका ६ संसदीय समितिको बैठक बस्दै छ ।

आज प्रतिनिधिसभा अन्तर्गतका अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । त्यस्तै राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल हुने कार्यसूची रहेको छ ।

बिहान ११ बजे बस्ने अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल तथा नेपाल पर्यटन वोर्डको कार्यसम्पादन स्थिति बारे छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै विहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपालमा जलबायु परिवर्तनबाट पुग्न गएको असर र यसको न्यूनीकरण गर्ने सम्बन्धमा नेपालबाट भएका प्रयासहरु तथा कोप-२९ लगायतका अन्तर्राष्ट्रिय स्तरका फोरमहरुमा नेपालको सहभागिताको अवस्था, यसमा भएका सबल तथा कमजोर पक्षहरु र आगामी दिनहरुमा यस प्रकारका सम्मेलनमा सक्रिय तथा प्रभावकारी सहभागितालाई उपलब्धिमूलक बनाउँने सम्बन्धमा गर्नुपर्ने पूर्वतयारीका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी बिहान ११: ३० बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा "सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ ।

त्यसैगरी विहान ११ बजे बस्ने शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

त्यसैगरी बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  ०८:३२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार