Nic Ad Nic Ad
Nic Ad Nic Ad

वीरगञ्जबाट धान चामल आयात बढ्यो

शुक्रबार, पुस १९, २०८१

वीरगञ्ज– चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धान चामलको आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा रु तीन अर्ब ९३ करोड ६३ लाख २० हजारको धान आयात भएको छ । 

गत आर्थिक वर्षको सोही अवधिको  तुलनामा चालु आवमा  धान आयात ६० दशमलव २८ प्रतिशतले बढेको छ । साथै राजस्व संकलनको आधार पनि एक सय ४५ दशमलव २३ प्रतिशतले बढेको छ । गत आवको पाँच महिनामा रु दुई अर्ब ४० करोड ३१ लख ६४ बराबरको धान आयात भएको थियो । 

चालु आवको पाँच महिनामा ९२ करोड ८० लाख ९० हजार मूल्य बराबरको ८८ लाख ६६ हजार पाँच सय ४० किलोग्राम चामल आयात भएको छ ।

गत आवको सोही अवधिको तुलनामा चालु आवमा चामल आयात ५४ दशमलव १२ प्रतिशत र राजस्व संकलनको आधारमा २० दशमलव ८८ प्रतिशतले वृद्धि भएको छ । 

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  ०९:४३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार