मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर ४.४ रेक्टरको भूकम्प
काठमाडौँ - आज बिहान मुगु जिल्लाको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ८:०३ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
बिहीबार सिन्धुपाल्चोकको मेलम्ची माझिटारलाई केन्द्रबिन्दु बनाएर ४.८ रेक्टरको भूकम्प गएको थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१ १०:१४
प्रतिक्रिया दिनुहोस्