चिटफन्ट घोटालामा क्रिकेटर शुभम् गिलसहित चार क्रिकेटरलाई गुजरात सीआईडीले समात्यो
काठमाडौं– चिटफन्ट घोटाला प्रकरणमा भारतको गुजरातको सीआईडीले चर्चित क्रिकेटर शुभम गिलससहित चार क्रिकेटरलाई पक्राउ गरी सोधपुछ गरेको छ।
भारतीय समाचार संस्थाहरुका अनुसार भूपेन्द्र सिंह झालाले क्रिकेटरको नाम पोलेपछि गिलसहित राहुल तेबतिया, मोहित शर्मा र बी साई सुदर्शनलाई पक्राउ गरी सोधपुछ गरेको हो।
यो ४५० करोड घोटाला प्रकरणमा झालाले यी खेलाडीमाफर्त लगानी गरेको बयान प्रहरीमा दिएका थिए।
आईपीएलमा गुजरात टाइटनका कप्तान गिलले १ करोड ९५ लाख रुपैंया लगानी गरेको खुलेको हो। यस प्रकरणमा दोषी पाइए गिलसहितका खेलाडीलाई कारबाही हुनेछ।
प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१ १०:४३
प्रतिक्रिया दिनुहोस्