Nic Ad Nic Ad
Nic Ad Nic Ad

सचिन परियारको अन्त्येष्टि गरियो, तेजेन्द्रको चहाना के थियो जुन पूरा भएन?

शुक्रबार, पुस १९, २०८१

काठमाडौं- अचानक उपचारका लागि त्रिवि अस्पताल महाराजगन्जमा लगेपछि अल्पायुमा नै निधन भएका बाल कलाकार सचिन परियारको विहिबार पशुपतिनाथस्थित विद्युतीय शव गृहमा अन्त्येष्टि गरिएको छ।

मंगलबार अस्पताल लगिएका परियारको बुधबार निधन भयो।

पशुपतिमा रहेको विद्युतीय शवदाहगृहमा उनको केहीबेरअघि दाहसंस्कार गरिएको हो ।

सचिनलाई दाहसंस्कारका लागि हिजै पशुपति पुर्‍याइएको थियो । तर, आफन्तजनको पर्खाइमा २४ घन्टासम्म शवदाहगृहमा यत्तिकै राखियो । भर्खरै उनको  परिवारजन, आफन्तसहित सीमित व्यक्तिहरूको उपस्थितिमा दाहसंस्कार भएको हो ।

सचिनलाई पशुपति ल्याइएपछि बाबु तेजेन्द्र परियारले उनको आँखा दान गर्न खोजेका थिए । आफ्नो छोराको आँखाले अरुले संसार हेरुन् भन्ने उनको चाहना पूरा भने भएन ।

आँखा दानको प्रक्रियाका लागि आएका स्वास्थ्यकर्मीले सचिनको रिपोर्ट हेरेपछि आँखा दान गर्न नमिल्ने बताएका थिए । 

सचिनको पूरै शरीरमा इन्फेक्सन फैलिएको र आँखा पनि स्वस्थ नरहेको पाइएको बताइएको छ । 

 

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १३:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सचिनलाई लागेको रोग के हो ?
बिहीबार, पुस १८, २०८१