Nic Ad Nic Ad
Nic Ad Nic Ad

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा ७५७ जनाले गरे रक्तदान

शुक्रबार, पुस १९, २०८१

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ।

पुस १८ गतेदेखि स्थापनाको १८ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको अवसरमा बैंकले सातवटै प्रदेशमा एकैसाथ रक्तदानसहित निःशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रमअन्तर्गत कोशीको तिनपैनी, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको कान्तिपथ र नारायणगढ, गण्डकी प्रदेशको पोखरा न्युरोड, लुम्बिनी प्रदेशको मिलनचोक बुटवल र नेपालगन्ज, कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ।

कार्यक्रममा ७५७ रक्तदाताले रक्तदान गरेका थिए। यसैगरी, ११९ जनाको आँखा जाँच गरिनुका साथै २०० जनाको रक्तचाप तथा मधुमेहको परीक्षण गरी आवश्यक परामर्श प्रदान गरिएको छ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सिलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो।

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १५:१३
प्रतिक्रिया दिनुहोस्