काठमाडौँ- नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले देश, जनता, एमालेको सिद्धान्त र मान्यता विपरीत गरेका कामको जवाफ दिन नसकेपछि एमालेले आफूले बोलेको कुरालाई ‘प्रचण्ड’ले बोलका कुराहरूको फोटोकपी भनेको टिप्पणी गरेका छन्।
उनले केपी ओलीले प्रचण्डसँग लगनगाँठो गरी एमाले बनाउने र भत्काउने गरेको आरोप लगाएका छन्। एमालेले नेता रावलको आरोप नेकपाकालमा प्रचण्डले ओलीमाथि लगाएको १९ बुँदे अभियोगको ‘कपी पेस्ट’ गरेको दाबी गरेको थियो।
त्यसको जवाफ फर्काउँदै रावलले भनेका छन्, देश, जनता, एमालेको सिद्धान्त र मान्यता विपरीत गरेका कामको जवाफ दिन नसक्ने भएपछि मैले बोलेका तथ्य संगत कुराहरू प्रचण्डले बोलका कुराहरूको फोटोकपी रे ! केपी ओलीले प्रचण्डसँग लगनगाँठो गरी एमाले बनाउने र भत्काउने गरेको काम, नेकपा छँदा गरेका विभिन्न राष्ट्र र जनताको हित विपरीत गरेका काम, आम निर्वाचनपछि फेरी प्रचण्डसँग गरेको साँठगाँठ र फेरि प्रचण्डसँग पारपाचुके गरेको काम तथा त्यसपछि गरेका गलत कामहरूको चर्चा प्रचण्डको आरोपको फोटोकपी नै हुन् र ?