Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज कति छ विदेशी मुद्राको विनिमय दर ?

शनिबार, पुस २०, २०८१

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपियाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपियाँ ०२ पैसा र बिक्रीदर एक सय ४१ रुपियाँ ६४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २१ पैसा र बिक्रीदर ८५ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ११ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपियाँ ९६ पैसा र बिक्रीदर एक सय रुपियाँ ४० पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७१ पैसा र बिक्रीदर आठ रुपैयाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपियाँ ७९ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा कायम भएको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ४३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा निर्धारण भएको छ ।

  

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  ०७:४३
प्रतिक्रिया दिनुहोस्