Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेकपाले देशको नेतृत्व गर्न चाहेको छ : विप्लव

शनिबार, पुस २०, २०८१

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले एक पटक देशको नेतृत्व गर्न नेकपाले चाहेको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा विप्लवले आफ्नो सेवा सुविधाका लागि नभई देश र जनताको सेवाका लागि नेकपाले एक पटक देशको नेतृत्व गर्न चाहेको बताएका हुन् ।

उनले मुलुकको विकास र नेपाललाई हेप्ने विदेशी शक्तिका विरुद्ध सशक्त भएर उभिने स्पष्ट दृष्टिकोण नेकपामा रहेको जिकिर गरे ।

क्रान्तिकारीबीच सुरु भएको ध्रुवीकरणको क्रम अब नरोकिने भन्दै देशको नेतृत्वमा पुग्ने गरी सबैबिच ध्रुवीकरण हुने उनले बताए । विप्लवले दलालहरूको व्यवस्थालाई बदल्न जरुरी रहेकाले सबै माओवादी घटकहरू तयार हुनुपर्ने उनको भनाइ छ । उनले समान विचारधाराबीच एकता र सहकार्य गर्दै देशलाई संकटबाट रूपान्तरणतर्फ लैजाने बताए ।

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  १७:४४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार