Nic Ad Nic Ad
Nic Ad Nic Ad

डा. सन्दुक रुइतलाई श्रीपति समाजसेवा पुरस्कार

शनिबार, पुस २०, २०८१

पोखरा - आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत आज (शनिबार) पोखरामा श्रीपति समाजसेवा पुरस्कारबाट सम्मानित भएका छन् । पोखराको श्रीपति कोइराला गुठीले उनलाई २ लाख २२ हजार २ सय २२ रुपैयाँसहित पुरस्कृत गरेको हो ।

गुठीको ३२ औं साधारणसभामा उक्त पुरस्कार ग्रहण गर्दै डा.रुइले आफूलाई थप उर्जा प्राप्त भएको बताएका छन् । ‘मैले गण्डकी प्रदेशको मुस्ताङबाट सन् १९९२ मा आँखाको क्षेत्रमा असाध्यै महत्वपूर्ण काम सुरु गरेको थिएँ,’ उनले भने, ‘यही क्षेत्रको पोखरा मेरो पेसाको नजिक छ । यो पुरस्कार पाएर म धन्य भएको छु ।’

उनले काम गर्ने वातावरण नबनाउँदासम्म दक्ष जनशक्तिलाई स्वदेशमै रोक्न नसकिने बताउँदै राजनीतिमा सुसंस्कार हुने हो भने भारत र चीनको बीचमा रहेको नेपाल १५ वर्षमै विकसित हुने धारणा व्यक्त गरे । तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा रुइत यसअघि नेपाल र अन्तर्राष्ट्रियस्तरका थुप्रै सम्मान र पुरस्कारले विभूषित भइसकेका छन् । आँखाको उपचारमार्फत सामाजिक न्याय र मानवताको सेवामा केन्द्रित रहेकोले उनलाई यो पुरस्कार प्रदान गरिएको गुठीका अध्यक्ष फणिन्द्रराज कोइराला बताए ।

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  २०:१६
प्रतिक्रिया दिनुहोस्