युट्युबर मनोज मानव तेस्रो पटक पक्राउ, यसपाली अर्कै छ अभियोग
काठमाडौं- साइबर क्राइममा दुई पटक पक्राउ गरी धरौटीमा रिहा भएका मनोज मानव उपनामले चिनिने मनोजकुमार महतोलाई जिल्ला प्रहरी परिसर काठमाडौले शनिबार फेरि समातेको छ।
दुई पटक साइबर क्राइम अभियोगमा पक्राउ गरिएका महतो यसपटक अभद्र व्यवाहारको मुद्दामा पक्राउ गरिएको परिसर प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय काठमाडौबाट म्याद थप गरि अनुसन्धान जारी राखिने प्रहरीले जनाएको छ।
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१ १५:०२
प्रतिक्रिया दिनुहोस्