काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन निर्माण अभियान सञ्चालन गर्नेलगायतका विभिन्न ११ निर्णय गरेको छ । हिजो (शनिबार) सुरु भएर आइतबार सकिएको केन्द्रीय समितिको विस्तारित बैठक अभियान सञ्चालन गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।
कार्यदलमा क्रान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोबिता गौतम, गणेश पराजुली, असिम शाह, कुसुम महर्जन र मेघ आले रहेको प्रवक्ता झाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै रास्वपाले सदन बाहिर रहेका दलहरूको जनपक्षीय र राष्ट्रहितका आवाजलाई सदनमा प्रतिनिधित्व गर्नेगरी आवश्यक कार्य अगाडि बढाउने निर्णय गरेको छ ।
११ वटा निर्णय गरेको रास्वपाले चार वटा समिति र कार्यदल विघटन गरेको छ ।
विघटित समिति र कार्यदलहरूमा नीति विचार कार्यदल, केन्द्रीय उपनिर्वाचन परिचालन समिति, विधान संशोधन कार्यदल र केन्द्रीय समिति सिफारिस समिति रहेका छन् । यस्तै २०८० मंसिर ११, १२ र १३ गते जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट पारित पार्टीको राजनीतिक प्रस्तावनाका सम्बन्धमा उपसभापति डा स्वर्णिम वाग्लेद्वारा प्रस्तुत व्याख्यात्मक दस्ताबेज पार्टीको राजनीतिक प्रशिक्षणमा प्रयोग गर्नका लागि पारित गरिएको छ।
हेर्नुस् निर्णय