Nic Ad Nic Ad
Nic Ad Nic Ad

एयर इन्डियाको बदमासीले रिमा विश्वकर्मालाई आपत, के भनिन्

सोमबार, पुस २२, २०८१

काठमाडौं - टिभी पर्सनालिटी रीमा विश्वकर्मा गोल्डेन नेपाली फिल्म अवार्डका लागि गतसातासम्म अमेरिकामा थिइन् । थुप्रै कलाकारसहित त्यता लागेकी उनी आइतबार न्यूयोर्क हुँदै एयर इन्डियाको फ्लाइटबाट दिल्ली फिर्दै थिइन् ।

तर, दिल्ली आइपुगेपछि उनले नेपाल आउने कनेक्टिङ फ्लाइट गुमाउनुपर्‍यो । जहाज छुटेपछि उनले सामाजिक संजालबाट यसबारे जानकारी दिँदै आक्रोश र हैरानी पोखेकी छिन् । यसलाई उनले एयर इण्डियामा आफूले भोगेको सबैभन्दा खराब अनुभव उल्लेख गरेकी छन् ।

लेख्छिन्, ‘एयर इन्डियासँग उडानको सबैभन्दा खराब अनुभव । न्यूयोर्कबाट दिल्लीको उडानमा थिएँ । उडानमा ढिलाइका कारण मैले कनेक्टिङ जडान छुटाउन पुगेँ । म केही घण्टादेखि ट्रान्सफर डेस्कअघि उभिरहेकी छु । तर त्यहाँ कुनै स्पष्ट संचार वा सहायता प्रदान गरिएको छैन । यो समस्यालाई सुल्झाउनुको सट्टा डेस्कका कर्मचारीहरू अव्यवसायिक मात्र होइन, असभ्य पनि देखिएका छन् । ढिलो उडान, कमजोर ग्राहक सेवा । जहाजभित्रको खानेकुरा पनि पचाउन नसकिने थियो ।’

उनले यो गुनासो दिल्ली विमानस्थल र एयर इण्डियालाई मेन्सन पनि गरेकी छन् । उनको यो पोस्टमा थुप्रै प्रतिक्रिया प्राप्त भएका छन् ।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १३:३१
प्रतिक्रिया दिनुहोस्