एका बिहानै काठमाडौं नै हल्लिने भूकम्प, घर घरबाट बाहिर निस्किए मान्छे
काठमाडौँ - काठमाडौँमा मंगलबार बिहान भूकम्प गएको छ ।
मंगलबार बिहान ६ बजेर ५० मिनेटमा अनुमानित ७ म्याग्निट्युडको भूकम्प गएको इन्ड्रयड अर्थक्वयक अलर्ट सिस्टमले देखाएको हो।
यसको धक्का बङ्लादेश, नेपाल, भारत, भुटान र चीनमा महसुस गरिएको छ। भूकम्पको केन्द्रबिन्दु नेपाल-चीन सिमाना तिब्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।
खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।
बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको विभागले जनाएको छ । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको हो । भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन ।
एकाबिहानै भूकम्प गएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्केका थिए ।
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१ ०७:०२
प्रतिक्रिया दिनुहोस्