Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प

मंगलबार, पुस २३, २०८१

काठमाडौ - नेपाल र चीन सीमाना केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो ।

बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको छ । यस्तै अन्य जिल्लामा पनि महसुस भएको छ । बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौँवासी होहल्लासहित घरबाहिर निस्केका थिए ।

भूकम्पको धक्का बङ्लादेश, नेपाल, भारत, भुटान र चीनमा महसुस गरिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ०७:२०
प्रतिक्रिया दिनुहोस्