भूकम्पको धक्कापछि प्रधानमन्त्री ओलीले भने– सबै सतर्क र सुरक्षित रहनु होला
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय नेपालका विभिन्न भागमा महसुस गरिएका भूकम्पीय धक्काप्रति सतर्क रहन नागरिकलाई आग्रह गरेका छन् ।
आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले नेपालका विभिन्न स्थानमा सानाठूला भूकम्पका धक्का आइरहेको जानकारी दिँदै सर्वसाधारणलाई सतर्क र सुरक्षित रहन आग्रह गरेका हुन् ।
‘हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनु होला, सुरक्षित रहनु होला ।’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन् ।
आज बिहानै नेपाल-चीन सीमाना तिब्बतको दिंगे कान्टी केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत आसपासका जिल्ला तथा तराई मधेशका भू-भागमा पनि महसुस गरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१ ०७:५३
प्रतिक्रिया दिनुहोस्