आज तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं -संघीय संसद्का तीन समितिको बैठक बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार सिंहदरबारस्थित कार्यालयमा तीनै समितिको बैठक बस्न लागेको हो । जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान १०ः०० बजे बोलाइएको छ । बैठकमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल हुने अजेन्डा तय गरिएको छ ।
यसैगरी, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा पुरानै अजेन्डा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुने जनाइएको छ । बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ । साथै, विधायन व्यवस्थापन समितिको बैठकमा लामो समयदेखि छलफल भइआएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१ ०९:३२
प्रतिक्रिया दिनुहोस्