Nic Ad Nic Ad
Nic Ad Nic Ad

भूकम्पबाट चीनमा कम्तिमा नौं जनाको मृत्यु 

मंगलबार, पुस २३, २०८१

काठमाडौं - मंगलबार विहान गएको भूकम्पमा चीनको सिगात्से क्षेत्रमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले जनाएअनुसार सिगात्सेको डिंग्री काउन्टीमा नौ जनाको मृत्यु भएको पुष्टि भएको छ।

सोही क्षेत्रलाई केन्द्रबिन्दु बनाई गएको भूकम्पको ठूलो धक्का काठमाडौंसम्म महसुस गरिएको थियो। सो क्षेत्रमा भने घरहरु भत्किएको र मानिसहरुको मृत्यु भएको छ ।

सो भुकम्प सात म्याग्निच्यूडको भएको नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ यद्यपी चिनियाँ सञ्चारमाध्यमहरुले भने ६.८ म्याग्निच्यूडको भएको उल्लेख गरेका छन्। भूकम्पबाट नेपालमा ठूलो क्षतीको विवरण अहिलेसम्म खबर नभएको गृह मन्त्रालयले जनाएको छ। 

 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १०:०४
प्रतिक्रिया दिनुहोस्