एनआईसी एशिया बैंकद्वारा चितवनमा सामुदायिक पुस्तकालयको समुद्घाटन
चितवन- एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चितवन जिल्लाको राप्ती नगरपालिका–७ स्थित श्री वीरेन्द्र आदर्श माध्यमिक विद्यालयमा निर्माण गरेको पुस्तकालय भवनको समुद्घाटन गरेको छ।
बैंकले सामुदायिक विद्यालयहरूको शैक्षिक स्तर उकास्न तथा विद्यार्थीहरूको अध्ययनमा सहजता पुर्याउन देशभर पुस्तकालय निर्माण गर्दै आएको छ।
सम्बन्धित विद्यालय र स्थानीय तहको सहकार्यमा निर्माण भएको पुस्तकालय भवनको समुद्घाटन समारोहमा राप्ती नगरपालिका वडा नम्बर ७ की वडा अध्यक्ष सुमिता डल्लाकोटी, एन आई सी एशिया बैंक बागमती प्रदेश (१, २, ४ र ५) का प्रमुख दिलीप डाँगी, बागमती प्रदेश २ का उपप्रमुख रामकृष्ण काफ्ले, विद्यालयका प्रतिनिधिहरू, र अन्य स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।
१०५० विद्यार्थी र शिक्षकरशिक्षिकालाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको यो पुस्तकालयले विद्यार्थीहरूको अध्ययनमा आवश्यक शैक्षिक सामग्रीहरू उपलब्ध गराउने र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।
कार्यक्रममा बोल्दै बैंकका प्रतिनिधिहरूले पुस्तकालयको व्यवस्थापनमा विद्यालय प्रशासन र स्थानीय समुदायको सक्रिय भूमिका महत्त्वपूर्ण हुने बताए। साथै, यस पुस्तकालयबाट विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्राप्त गर्न मद्दत पुग्ने र अध्ययन संस्कृतिको विकास हुने आशा व्यक्त गरे ।
एन आई सी एशिया बैंकले शैक्षिक क्षेत्रमा सहयोग पुर्याउन निरन्तर रुपमा यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ।