अछामको बिकट ढुंगाचाल्लामा सुविधा सम्पन्न प्रहरी चौकीको उद्घाटन
काठमाडौँ- अछामको ढकारी गाउँपालिका-६ मा अवस्थित प्रहरी चौकी ढुंगाचाल्लाको एक समारोहका बीच उद्घाटन गरिएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी)गणेश चन्दले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।
नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन गर्दै डिआइजी चन्दले नेपाल प्रहरीलाई पूर्वाधार, सीप, सुविधा र प्रविधिमा अब्बल बनाउँदै लैजानुपर्ने बताए। उनले प्रहरी आफैँलाई पनि काममा उच्च मनोबल प्राप्तसँगै नागरिकमैत्री सेवा प्रवाह गर्न पूर्वाधारको ठुलो भूमिका हुने बताए ।
जिल्लाको बिकट ठाउँमा यत्तिको सुविधा सम्पन्न भवन निर्माण हुँदा यहाँका आम नागरिक लाई छिटो ,छरितो र सहज तरिकाले सेवा प्रवाह हुने उनको भनाइ छ ।
नेपाल प्रहरीलाई भौतिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले नेपाल प्रहरीको नियमित बजेट बाट प्रहरी चौकी निर्माण गरिएको नियमित डीआईजी चन्दले बताए ।
प्रहरीले ढकारी गाउँपालिका क्षेत्र मात्रै नभएर तुर्माखाद गाउँपालिकाको क्षेत्रमा समेत शान्ति सुरक्षा दिन सक्ने भएकोले यस ठाउँका नागरिकहरुले सबैले आ आफ्नो ठाउँ बाट सहयोग गर्नुपर्ने ढकारी गाउँपालिका अध्यक्ष प्रकाश साउदले बताए ।
ढुंगाचाल्ला प्रहरी चौकीमा फर्निचर व्यवस्थापनका लागी गाउँपालिकाले ३ लाख रकम समेत बिनियोजन गरेको अध्यक्ष साउदले बताए । सम्पन्न भवन निर्माण हुनुमा यहाँको नागरिकले आफुलाइ भाग्यमानी ठान्नुपर्ने प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले बताए । जिल्लामा शान्ति सुरक्षा कायम गराउने सन्दर्भमा जिल्लाको प्रहरी प्रशासन कटिबद्ध रूपमा लागिपरेको समेत बताए ।
जिल्लाको विकट क्षेत्रमा सुविधा सम्पन्न भवन निर्माण भएकोमा स्थानीय खुशी भएका छन् । समाजमा शान्ति सुरक्षा अमन चयनमा ठुलो सहयोग पुग्ने स्थानीयले बताएका छन । साथै स्थानीय हरूले यस चौकीमा महिला प्रहरीको समेत माग गरेका छन् ।
तिन करोड अन्ठाउन्न लाख एकहक्तर हजार नौ सय चौरहत्तर रुपैयाँमा भवन निर्माणको जिम्मा आलोक बिल्डर्स प्रालिले लिएको थियो ।