Nic Ad Nic Ad
Nic Ad Nic Ad

तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन माओवादीको माग

मंगलबार, पुस २३, २०८१

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेको छ । मंगलबार सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले यस्तो माग गरेको हो ।

केन्द्रीय समितिबाट पारित प्रस्तावमा भनिएको छ, ‘तत्काल संघीय संसद र प्रदेशसभाहरूको हिउँदे अधिवेशन आह्वान गर्न सरकारसँग जोडदार माग गर्दछ ।’

संघीय संसदको हिउँदे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो । लामो समयसम्म हिउँदे अधिवेशन नबोलाएको भनेर माओवादीसहितका अन्य दलले समेत सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  २०:००
प्रतिक्रिया दिनुहोस्