Nic Ad Nic Ad
Nic Ad Nic Ad

कुखुरा बोक्ने गाडीलाई महानगरले तिरायो १५ हजार जरिवाना

मंगलबार, पुस २३, २०८१

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले कुखुरा बोक्ने एक सवारीका धनीलाई १५ हजार जरिवाना गरेको छ ।

काठमाडौँ-१५ स्थित सडक पेटीमा कुखुरा बोक्ने सवारीसाधनले कोल्डस्टोरमा कुखुरा झारेपछि सडकमा भुत्लासहित फोहोर गरेको भन्दै जरिवाना गरेको हो ।

सवारी धनी राजकुमार ढुंगानालाई कारवाही गरिएको महानगरले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  २०:५७
प्रतिक्रिया दिनुहोस्