Nic Ad Nic Ad
Nic Ad Nic Ad

अनिवार्य अवकाश हुँदै गरेका सशस्त्र प्रहरीका चार डिआइजीको एक वर्ष पदावधि थप

मंगलबार, पुस २३, २०८१

काठमाडौं - अनिवार्य अवकाशमा जान लागेका चार जना सशस्त्र प्रहरी बलका डिआइजीहरूको पदावधि एक वर्ष थप गरिएको छ।

मंगलबार (आज) बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले १२ बजेबाट पदावधि सकिन लागेका डिआइजीहरू कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदीको कार्यकाल थप्ने निर्णय गरेको हो।

सशस्त्र प्रहरी नियमावलीअनुसार, सरकारले आवश्यकता ठानेमा आइजिपीको सिफारिसमा एक वर्ष पदावधि थप गर्न सक्ने व्यवस्था छ। पदावधि थपसँगै डिआइजीहरूका लागि एआइजीपी र उस्तै परे आइजिपीसम्म पुग्ने अवसरको ढोका खुल्ने अधिकारिहरूले बताएका छन्।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  २१:३४
प्रतिक्रिया दिनुहोस्