हुस्सु र शितलहरले नारायणघाट–बुटबल सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
काठमाडौ - बाक्लो हुस्सु र शितलहका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट–बुटबल सडकखण्डको दाउन्नेमा सडक अवरुद्ध भएको छ ।
राती साढे एक बजेदेखि अवरुद्ध भएको बाटो विहान केही बेर एकतर्फी खुले पनि पुन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहोराले बताए ।
नवलपरासीको बर्दघाट नगरपालिका–४ खुर्सानी खोलामा बाक्लो हुस्सु लागेको र शितलहर पनि चलेकाले बाटो चिप्लो हुँदा सडक अवरुद्ध भएको हो ।
बर्दघाटदेखि दुम्किबाससम्म अहिले सवारी साधनको दोहोरो लाम लागेको छ ।
यता नवलपुर खण्डको दुम्किबासदेखि दाउन्ने सम्म सडक विस्तारको क्रममा पहाड काट्ने काम चलेकोले हिजोदेखि दाउन्नेको नवलपुर खण्ड पनि एकतर्फी मात्र सञ्चालनमा रहेका छन् ।
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१ ११:३४
प्रतिक्रिया दिनुहोस्