Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारी ठगी प्रकरणकी अभियुक्त लेखा समिति सभापति पोखरेलपत्नी अञ्जला सिधा अदालतमा हाजिर भइन्

बुधबार, पुस २४, २०८१

विराटनगर - सहकारी ठगी प्रकरणमा फरार रहेकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला बुधबार उच्च अदालत बिराटनगरमा हाजिर भएकी छन्। पेशाले शिक्षिका रहेकी उनी उमागौरी सहकारीको रकम अपचलनकी अभियुक्त हुन्।

मोरङको धनपालथानमा रहेको उमा गौरी कृषि सहकारीमा पूर्वसञ्चालक सदस्य रहेकी उनीविरुद्ध थुनछेक बहसको तयारी छ ।

उक्त सहकारीको रकम अपचनमा मुछिएकी कोइरालालाई अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि उनी फरार थिइन् ।


सहकारीका अध्यक्ष शम्भु रौनियार, अन्जला, रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । वडाध्यक्ष खवास भने ५ लाख रूपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन् ।

सोही प्रकरणमा नाम जोडिएकी कोइराला भने बुधबार बिहान अदालत खुल्ने बितिक्कै हाजिर भएकी हुन् ।

‘उहाँ हाजिर हुनुभएको छ, अब थुनछेक बहस सुरु हुन्छ’, अदालत स्रोतले भन्यो ।

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  ११:५१
प्रतिक्रिया दिनुहोस्