भूकम्पको असर नेपालका दश जिल्लामा, दुई जना घाइते ११ को उद्धार
काठमाडौ - मंगलबारको भूकम्पले ओखलढुंगा, सोलुखुम्बु, सङ्खुवासभा, तप्लेजुङ, काभ्रे, बारा, काठमाडौं, सिन्धुपालचोक, रामेछाप र खोटाङ गरी १० वटा जिल्लालाई असर पुराएकाे नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भूकम्पमा परी २ जना घाइते भएका छन् भने ११ जनाको उद्धार गरिएको छ।
भूकम्पले सरकारी कार्यालय, विद्यालय गरी २२ लाख २५ हजार रुपियाँको भौतिक संरचनामा क्षति पुराएकाे छ ।
मंगलबार बिहान ६ः५० मा नेपालको उत्तरपूर्वी सीमा नजिकै केन्द्र भएर गएको सात रेक्टर स्केलको भूकम्पमा १२६ बढीको मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१ १२:११
प्रतिक्रिया दिनुहोस्