Nic Ad Nic Ad
Nic Ad Nic Ad

सूर्यदर्शन सहकारी ठगी प्रकरण : प्रतिवादीहरुको बहस सकियो

बुधबार, पुस २४, २०८१

काठमाडौं- जिल्ला अदालत कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहित प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति लामिछानेसहित प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको हो ।

नीतिज राईको इजलासमा आज आरती गुरुङ, पूर्वसांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङका वकिलले बहस गरे ।

केही समयपछि जाहेरवालाको तर्फबाट बहस सुरु हुने बताइएको छ । आज प्रतिवादीका तर्फबाट रामबहादुर खनाल, बिष्णु मरासिनी र उज्ज्वल शंकर सापकोटाले बहस गरेका थिए ।

प्रतिवादीहरूको बयान सकिएलगत्तै पुस १६ गतेदेखि थुनछेक बहस सुरु भएको थियो । न्यायाधीश नितिज राईको इजलासमा थुनछेक बहसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ ।

लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी,लीला पछाई, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल लगायतमाथि थुनछेक बहस भइरहेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रवि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । सभापति लामिछानेमाथि सहकारी ठगीसंगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ ।

सूर्यदर्शन सहकारी ठगीमा संलग्न रहेको भन्दै ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १६:२८
प्रतिक्रिया दिनुहोस्