नेपाल प्रहरीमा आईजी कुँवरले फत्ते गरेको नयाँ प्रयोग, स्टाफ कलेज गर्ने यी हुन् १४४ अधिकृत
काठमाडौं– अबदेखि संगठन प्रमुख अर्थात् महानिरिक्षक (आईजी) बन्नका लागि नेपाल प्रहरीमा पनि नेपाली सेनाको जस्तै स्टाफ कलेज अनिवार्य भएको छ।
आईजी बसन्तबहादुर कुँवरले प्रहरीमा यो कामलाई फत्ते गरेका छन्। उनलाई अनेक विवादमा तान्ने काम गरे पनि स्टाफ कलेजका लागि भने डटेर काम गरेको पाइएको हो।
नेपाल प्रहरीमा बिगत दुई दशकदेखि स्टाफ कलेजका निम्ति प्रयास जारी थियो। तर कसैले पनि नसकारेको काम आईजी कुँवरले सफल बनाएका हुन्।
फागुनको अन्तिम हप्ता तथा चैतको पहिलो हप्ता प्रवेश परीक्षा सञ्चालन गर्ने र चैतदेखि नै कोर्स सुरु गर्ने तयारी भइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। आईजी कुँवरको अवधि चैतमा सकिनेछ। उनको यो काम प्रहरी संगठनका निम्ति अविस्मरणीय हुनेछ।
२० वर्ष लामो प्रतीक्षा र प्रयासपछि अन्ततः नेपाल प्रहरीले आफ्नै स्टाफ कलेज स्थापना गरेको छ।
उच्च तहका अधिकृतहरूको पदोन्नति र नेतृत्व विकास प्रणाली व्यवस्थित एवं प्रभावकारी बनाउन कलेजको महत्वपूर्ण भूमिका रहने प्रहरी संगठनभित्र विश्वास छ।
पुलिस लिडरसिप एन्ड स्टाफ कलेजलेस्टाफ कोर्सका लागि १४४ प्रहरी अधिकृतको प्रारम्भिक सूची बनाएर आगामी मंगलबारसम्म प्रवेश परीक्षाका लागि आवेदन माग गरिसकेको छ।
उनीहरूमध्ये ३५ जनाले एक वर्षमा ‘पुलिस लिडरसिप एन्ड स्टाफ कलेज (एमपिएस)’ कोर्स गर्न पाउनेछन्।
यस्तो कोर्स नगर्ने एसपी र एसएसपीलाई बढुवाको दोस्रो सूचीमा राखिने र त्यसभन्दा माथि बढुवा नहुने मन्त्रिपरिषद्मा रहेको प्रहरी ऐनको विधेयकमा उल्लेख छ।
०७० सालको चैतमा भर्ना भएका प्रहरी निरीक्षक आधारभूत तालिमको १५८ तथा पिजी सातौँ ब्याचबाट स्टाफ कलेज लागू गर्ने निर्णय प्रहरीले गरेको छ। यो ब्याचका ६५ जना डीएसपी भइसकेका छन् भने ७९ जना इन्स्पेक्टर छन्।
यस्तो कोर्स महाराजगन्जस्थित नेपाल प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमातहत हुनेछ। जहाँ गत १२ असारमै लिडरसिप एन्ड स्टाफ कलेजको कार्यालय स्थापना गरी तयारी अघि बढाइएको थियो। हाल कलेजको निर्देशक रहेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज केसीको नेतृत्वमा कोर्सको कार्यान्वयन अघि बढेको छ।
नेपाल प्रहरीमा ०६० देखि नै यस विषयमा छलफल हुँदै आएकोमा ०७५ मा यससम्बन्धी पाठ्यक्रम स्वीकृत भएको थियो। तर, प्रहरी नेतृत्वको अनिच्छा र केही प्रहरी अधिकारीको व्यक्तिगत स्वार्थले संगठनभित्र स्टाफ कलेज लागू हुन सकेको थिएन।
स्टाफ कलेजको पहिलो सूचीमा प्रहरी नायव उपरिक्षक (डीएसपी)हरू रञ्जन अवा, कमल बेल्बासे, यम कुमार श्रेष्ठ, एलिजा गिरी, कलमराज पण्डित, चेतना पोख्रेल, रमेश कुमार श्रेष्ठ, सुधिर राई, अनमोल खड्का, सुरक्षा केसी, निशान थापा, बेदबहादुर पौडेल, सूर्यबहादुर बोगटी, प्रकाश बुढाथोकी, सुवास भट्ट, नवराज ढुंगेल, चक्रबहादुर मल्ल रहेका छन्।
यसैगरी, रघुसिंह बिष्ट, विकास बम, राजेशराज पुरी, ईश्वरी प्रसाद भण्डारी, हरि प्रसाद पौडेल, दिपेश बस्याल, मुक्तिनाथ सापकोटा, मिङमा शेर्पा, ज्ञानबहादुर खड्का, विनोद कुमार सुनुवार, दयाकृष्ण भट्ट, कमल बजगाई, रुपा थापा, टेकबहादुर रावत, वीरेन्द्र कुमार पासवान, विकास थापा, जिवन निरौला, निरञ्जन भट्टराई, सुभ्रदा लामा वाईबा, दिपक कुमार साह, केशर कुमार न्यौपाने, चन्द्रबहादुर थापा, अनिल ठकुरी, खगेन्द्र धमला पनि परेका छन्।
यस्तै, प्रकाश जवेगु, रिपेन्द्र कुमार, रामकुमार राई, शंकर पोखरेल, लक्ष्मी खनाल, निर्मल पनेरु, ऋषिराम घर्तीमगर, दिपक मल्ल, धनबहादुर बोहरा, जनार्दन घिमिरे, आयुश प्रसाद जोशी, लक्ष्मण ओली, शैलेश्वर बोहरा, नविन पौडेल, योगेन्द्र तिमिल्सिना, पुरुषोत्तम कार्की, हिरेन्द्र बहादुर रोकाया, गुणराज बुढाथोकी, रामप्रसाद तिमल्सिना, भिषणबाबु राई, रुक बहादुर खड्का, रणबहादुर चन्द, राजन लामा, कमल कुमार खड्का रहेका छन्।
प्रहरी निरिक्षक (इन्सपेक्टर)हरुतर्फ भने इन्द्रजित ईटनी, प्रताप पौडेल, बोधराज रेग्मी, बीरदत्त पन्त, टेकेन्द्र शर्मा पौडेल, गंगाबहादुर सारु, टेकबादुर जोरा, प्रविण कार्की, रमेश दत्त अवस्थी, चन्द्र कुमार सिंह, राजु खत्री, हिमबहादुर खत्री, मधु नेपाल, मोहनजंग बुढथापा, चक्रबहादुर डम्बरपाल, अनिलराज गिरी रहेको प्रधान कार्यालयले जनाएको छ।
यसैगरी, जनक पुरी, लोकबहादुर जिसी, केदारमान दोङ, केशवराज ज्ञवाली, दिपक सुवेदी, पुष्कर बोगटी, चन्द्र भुसन यादब, बसन्त पाण्डे, प्रशन्नराज चौधरी, विष्णु प्रदिप बस्याल, शिला थापा, बिक्रम लामा, होमप्रकाश चौधरी, पदमराज थापा, राज कुमार सिंह, गोपीकृष्ण सुवेदी, नवराज न्यौपाने, देवेन्द्र कुमार मल्ल, दिपक पातली, शैलेश न्यौपाने, शैलेन्द्र कुमार भट्ट पनि परेका छन्।
इन्स्पेक्टरहरू सुरेश गौतम, भिमबहादुर खड्का, रामचन्द्र तिवारी, मिलन बस्नेत, यमलाल बन्जाडे, गुरु प्रसाद तिम्सिना, खुमानन्द पाण्डे, दिवस बहादुर जिसी, राजेन्द्र कुमार उपाध्याय, हरि बहादुर बिसी, गणेशचन्द्र कोइराला, सुरेन्द्र प्रसाद जोशी, पविन्द्र कुामर बम, गणेश सापकोटा, आशिष अधिकारी, शंकर प्रसाद आचार्य, बसन्त गौतम, राजन रायमाझी, पञ्चलाल गोले, योगराज खतिवडा, डम्बरबहादुर पुरी, सरोज राई, लोकेन्द्र सिंह गुरु, हिरा सिंह महरा पनि स्टाफ कलेजका लागि तयार छन्।
यस्तै, सन्तोष श्रेष्ठ, बुद्धिसागर पुरी, हेमराज घिमिरे, हस्त बहादुर सुना, नरेशराज मल्ल, गोविन्द रावत, हिमा थोकर,राजिब श्रेष्ठ, सुवास भट्टराई, देवेन्द्रबहादुर शाह, सुरज बहादुर खड्का, वकिल बहादुर सिंह, शंकर खड्का, भाष्कर खतिवडा, कृष्ण प्रसाद बिष्ट, मदन थापा, हरिबहादुर बसनेत, अनिल पण्डित पनि समावेस रहेको बताइएको छ।
नेपाली सेनामा निक्कै अगाडिदेखि प्रयोगमा आएको यो कोर्सले अब प्रहरी प्रमुख बन्ने व्यक्ति पनि निपूर्ण, निखार भएको र राजनीतिक पहुँच र हस्तक्षेप कम हुनेगरी आउने विश्वास राखिएको छ।