नेभिगेशन
सुरक्षा–अपराध

दुर्गा प्रसाईंविरुद्ध अदालतमा भयो मुद्दा दर्ता, धम्की दिएको राष्ट्र बैंकको पत्र पनि पुग्यो

काठमाडौं– पछिल्लो समय राजसंस्था स्थापनाको अभियान चलाएका तर आपराधिक लाभमा अनुसन्धानका क्रममा रहँदा सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिइएका विवादीत व्यावसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।

प्रहरी अनुसन्धानका क्रममा रहेका बी एन्ड सी मेडिकल कलेज विर्तामोडका सञ्चालक प्रसाईले नेपाल राष्ट्र बैंकका उच्च अधिकृतहरु र व्यवसायीलाई धम्की दिएको आरोप छ। उनीसँगै अन्य दुई जनाविरुद्ध पनि मुद्दा दर्ता भएको छ।

बुधबार प्रसाईंसहित झापाका नविन प्रधान भनिने हरिचन्द्र फुयाँल र रामचन्द्र मैनालीविरुद्ध संगठित रुपमा आपराधिक लाभ लिएको कसुरमा मुद्दा दर्ता भएको जिल्ला अदालत काठमाडौं स्रोतले जनाएको छ।

प्रहरीले फुयाँललाई पक्राउ गरेपछि यो मामलामा प्रसाईंको पनि संलग्नता खुलेको थियो। फुयाँलमार्फत विभिन्न व्यावसायीलाई भारतीय गुन्डा नाइके लरेन्स विश्नोईका नाममा धम्की दिन प्रसाईंले लगाएको अनुसन्धानका क्रममा खुलेको थियो।

नेपाल राष्ट्र बैंकले समेत धम्की आएको भन्दै अनुसन्धान गर्न प्रहरीलाई पत्र पठाएको थियो। त्यसबाहेक दुई व्यवसायीको समेत निवेदन प्रहरी कहाँ पुगेको थियो।

तर यी सबै अभियोगका बारेमा प्रसाईंले इन्कारी बयान दिए पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भने आवश्यक प्रमाण तयार पारिसकेको थियो। 

मुद्दा चलाउनै लाग्दा बन्दी प्रत्यक्षीकरणका नाममा सर्वोच्च अदालतमा परेको रिटका आधारमा प्रसाईं धरौटीमा छुटेका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध