सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो
काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज तोलामा ८०० रुपैयाँ बढेर १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार १ लाख ५२ हजार ५०० रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ८४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१ ११:१२
प्रतिक्रिया दिनुहोस्