Nic Ad Nic Ad
Nic Ad Nic Ad
गसिप

कस्ता–कस्ता नेपाली हिरोइनहरूः पहिला देखाउँछन् अनि रिसाउँछन्, कसैले त प्रश्नमै लगाएका थिए बन्देज

बिहीबार, पुस २५, २०८१

काठमाडौं– अभिनेत्री प्रियंका कार्की हालै एउटा कार्यक्रममा सेता गाउनमा पुगेकी थिइन्। छोरी र आमासहित कार्यक्रममा पुगेकी उनको गाउन आयंकाले उचालेको भिडिओ सर्वत्र भाइरल भयो।

प्रियंकको यो पहिलो विवाद भने होइन। यसअघि पनि उनका निक्कै विवाद सतहमा आएका थिए। 

कुरो दशकअघिको हो। अभिनेत्री प्रियंका कार्कीको भित्री बस्त्र बिवाद अन्ततः चलचित्र पत्रकार संघमा पुगेर सुल्झिएको थियो।

अभिनत्री कार्कीले फेसबुकमा लेखेको एक स्टाटसका बिषयमा आफूले आवेगमा आएर लेखेको भन्दै फिर्ता लिएको जनाएकी थिइन् ।

अभिनेत्री कार्कीसँगको विवाद टुङगिएको चलचित्र पत्रकार संघका तत्कालिन महासचिव सन्दिप सापकोटाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेका थिए।

कार्की अभिनित चलचित्र चलचित्र ‘नाई नभन्नु ल २’ को सक्सेस पार्टीमा पहिरन सम्हाल्न नजान्दा उनको भित्री बस्त्र देखिएको तस्बिर कैद भएको थियो र मिडियामा सार्वजनिक भएको थियो।

तर, उनले सार्वजनिक भएको फोटो पत्रकारहरुले फोटोसप मार्फत आफ्नो तस्बिर बिगारेको भन्दै अपशब्द सहितको स्टाटस लेखेकी थिइन्। त्यही समयमा चलचित्र पत्रकार संघका सदस्य जीवन पराजुलीले अभिनेत्री प्रियंकाको स्टाटसले पत्रकारिता र पत्रकारहरुको नै धज्जी उडाएको भन्दै चलचित्र पत्रकार संघमा उजुरी दिएका थिए।

हुन त प्रियंका पहिलो पात्र होइनन्, यस्ता विवादमा पर्ने। सेलिब्रिटीलाई सार्वजनिक कार्यक्रममा अरु भन्दा फरक देखिने रहर मात्रै होइन, बाध्यता पनि पर्छ। फिल्मका हिरोइनलाई दर्शक बटुल्नका लागि राम्री र सेक्सी देखिन जरुरी छ।

अभिनेत्री बेनिशा हमालले वानपिस लगाउँदा भित्री बस्त्र लगाउनै बिर्सिएको खुलासा भएको थियो। काठमाडौंको एउटा कार्यक्रममा बेनिशाले अन्डरवेयर नलगाएको खुलासा भएपछि कानेखुशी नै चलेको थियो। त्यसको चाल पाएपछि कार्यक्रमको तस्बिर खिचिरहेका क्यामेरापर्सनहरुले उनीतिर लेन्स सोझ्याए। क्यामेरामा उनको भित्रीअंगका तस्बिर पनि कैद भए।

त्यसबेलाको चर्चित फिल्मी साप्ताहिक ‘शुक्रबार’ले हमालको रातो गाउन लगाएको तस्बिर सार्वजनिक गरेको थियो। उनले भित्री बस्त्र लगाएकी थिइनन्।
अचम्म के छ भने अभिनेत्रीहरु सार्वजनिक कार्यक्रममा आफैं बस्न जान्दैनन्। करिश्मा मानन्धरदेखि अन्यका पनि यस्ता तस्बिर सार्वजनिक नभएका होइनन्। 

दशकअघि नै एउटा सार्वजनिक कार्यक्रममा पत्रकारले तस्बिर लिने क्रममा अभिनेत्री निशा अधिकारीसँग विवाद परेको थियो। त्यो विवाद तत्कालै सुल्झाउन रजतपट अंकल भनेर चिनिने प्रकाश सुवेदीले मध्यस्तता गरेका थिए। 

अधिकारीको त यति मात्र होइन, उनले अनेक प्रसंगमा धारणा राख्ने क्रममा पुरुष पत्रकारलाई केही प्रश्नमा बन्देज नै लगाइन्। 

अधिकारीले पुरुष पत्रकारले यौन प्रसंगका विषयमा प्रश्न सोध्न नमिल्ने बताएकी थिइन्। दशकअघि नै उनले त्यसबेला न्यूज २४ को ‘इष्यु अफ द डे’ मा अभिनेत्री रेखा थापासँग पाहुना बनेर गएकी निशाले यस्तो अभिव्यक्ती दिएकी थिइन्।

कथाले के माग्छ? भन्ने विषयमा अभिनेत्री अधिकारीले प्रश्न गरेकी थिइन्, ‘एउटा केटा पत्रकारले मलाई इन्टरकोर्स सम्बन्धी प्रश्न सोध्छ भने यो कत्तिको सामाजिक आचारण भित्र पर्छ? मलाई फोन गरेर इन्टरकोर्सको अनुभव सोध्नेको फोन काटिदिन्छु ।’

जे होस् पर्दामा जसरी रंगिन दुनियाँका अनेक भूमिकामा देखा पर्छन्, नेपाली हिरोइनका वास्तविक जीवन र विवाद पनि फिल्मी जस्तै पाइन्छन्।
 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्