रवि लामिछानेसहित ७ आरोपीलाई अदालत लगियो
पोखरा - सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ परेका ७ जना आरोपीलाई अदालत लगिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ७ जना आरोपीलाई अदालत लगिएको हो । उनीहरूको थुनछेकदेखि जवाफी बहस सबै सकिएकाले यो मुद्दामा आजै आदेश आउने सम्भावना देखिएपछि सबै ७ आरोपीलाई जिल्ला अदालत कास्की लगिएको हो ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादी पक्षका वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी बयान हिजो साँझ सकिएको थियो ।
रास्वपा सभापतिलामिछानेसहित गोर्खा मिडिया प्रालिमा सहकारीको पैसा लगेर हिनामिना गरेकोलगायतको आरोपमा पूर्वडिआईजी छविलाल जोशी, लिला पछाईं र रामबहादुर गुरुङलगायत हिरासतमा रहेका छन् ।
आज सरकारी वकिलले जवाफी बहस गरेपछि सम्भवतः आज नै आदेश आउने सम्भावना रहेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१ १२:०९
प्रतिक्रिया दिनुहोस्